Submitted on: Sat, 08/15/2026 - 09:53
मखान खेती तथा REMI–SAMI परियोजनाको असल अभ्यास अनुगमन
आज मधेस प्रदेशका माननीय श्रम मन्त्रीज्यूको उपस्थितिमा गाउँपालिकाद्वारा प्रवर्द्धन गरिएको मखान खेती तथा REMI र SAMI परियोजनामार्फत सञ्चालन भइरहेका असल अभ्यासहरूको स्थलगत अनुगमन गरिएको छ।
स्थानीय किसानको आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले भइरहेका यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउन प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित परियोजनाबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउने विषयमा छलफल भयो।
स्थानीय स्रोत, सीप र सम्भावनाको सदुपयोग गर्दै समृद्ध पालिका निर्माणतर्फ हाम्रो निरन्तर प्रयास जारी छ।